काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ७५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन तोलामा ७५ हजार २ सयमा कारोबार भएको भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।