काठमाडौं – नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।
कांग्रेस नेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिइ अबरोध गरेको थियो ।
बिहीबार अवरुद्ध प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ ।