बुधबार कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका टिपर चालक पक्राउ परेका छन् ।
दुई जनाको मृत्युहुने गरि बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक अनिल लामालाई बिहिबार राति प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
बुधबार राति बा ४ ख८५७९ नम्बरको टिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका–४ का राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया–७ का मुन्ना चौधरीको ज्यान गएको थियो ।
पक्राउ परेका चालकमाथि अथप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।