काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्सालमा प्रदर्शनमा पुगेका साझा पार्टीका एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले कार्यालय घेराउ गर्न पुगेका पार्टीका नेता कार्यकर्तालाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा केन्द्रिय सदस्य प्रकाशचन्द्र परियार र युवा संगठनका संयोजक अब्दुल मियाँ लगायत छन् ।
ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै साझाले अख्तियारको कार्यालय अगाडि प्रदर्शन गरेको थियो । भ्रष्टाचारको मुद्दामा एक देश दुई कानूनको ब्यवहार अख्तियारले गरेको साझाको आरोप छ ।