logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिंग काटेर हत्या गर्ने दुईजना पक्राउ


अंकुरण खबर
1.612K
Shares

झापा – एक भारतीय नागरिकलाई लिंग काटेर परालको कुन्युमा जलाएर हत्या गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी छन्।

भारत बिहार घर भई हाल बिर्तामोड–२ चारपानेमा बस्दै आएका करिब ४० वर्षीय सुभान शेखको माघ २१ गते राति अण्डकोषसहित लिंग काटेर परालमा आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा शुक्रबार बिहान सार्वजनिक गरेको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार उनीहरुको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड, रगत लागेको टिसर्ट बरामद गरेको छ।

उनीहरुले शेखको अण्डकोषसहित लिंग काटेर परालको कुन्युमा जलाएर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने छ ।

‘हत्यापछि घटनालाई ढाकछोप गर्न परालको कुन्युमा लगेर जलाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’ कोइरालाले भने। सोमबार बेलुका स्थानीय बुद्धिमाया राईको मदिरा पसलमा रक्सी पिउन भारतीय नागरिक शेख गएका थिए।

रक्सी पिउँदै गरेको बेला त्यही पसलमा लक्ष्मण र करण पनि रक्सी पिउन पुगे। रक्सी पिउने क्रममा शेखसँग लक्ष्मण र करणको वादविवादपछि झगडा भयो। उनीहरु तीनै जना मजदुर हुन्।

मदिरामा नशा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको गुप्तांङ काटेको प्रारम्भिक बयानबाट खुलेको जनाइएको छ ।