काठमाडौं – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध कठिन जित निकालेको छ ।
सातदोबाटोमा आज भएको पहिलो खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १-० ले पराजित गरेको हो ।
थ्री स्टारका लागि अनन्त तामाङले निर्णायक गोल गरे । खेलको ६१ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३ अंक दिलाए । खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच चुनिए ।
जितसँगै थ्री स्टार ११ खेलबाट २० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।