logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्क सबै जनताको साझा पहिचान हो : प्रधानमन्त्री ओली


अंकुरण खबर
988
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताएका छन् ।

सार्क सचिवालयमा आज आयोजित कार्यक्रममा सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सार्कको १९औँ शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गरेका छन् । सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्दै ओलीले १९ औँ सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको पनि उल्लेख गरे । सार्कलाई पुनः जीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन सार्क राष्ट्रहरु सहमत रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन् ।