logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि स्थगन भएको प्रतिनिधिसभा बैठक आजका लागि स्थगन भएको हो ।

संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिएको छ । अर्को बैठक माघ आइतबार २६ गते अपरान्ह १ बजे बस्ने जानकारी दिइएको छ ।

बिहीबार अपरान्ह १ बजे शुरू भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरेका थिए ।