logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनसेलले ल्यायो भ्यालेन्टाइनको लागि अफरै अफर


अंकुरण खबर
689
Shares

काठमाडौं – एनसेलले प्रणय दिवसको अवसरमा ‘भ्यालेन्टाइन अफर’ल्याएको छ ।

एनसेल प्राइभेट लिमिटेडले प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको हो । उक्त अफर शुक्रबार (माघ २४) देखि लागु भई ३ महिनाको लागी मान्य हुनेछ ।

अफरमा ग्राहकले १०० रुपैँया (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याक पाउने छन् । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको उक्त अफर अन्तर्गत ग्राहकले कर सहित १८ पैसा प्रतिमिनेटमा कुरा गर्न पाउनेछन् । अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ ।

ग्राहकले प्याक सुचारु गर्न एस्टिक्स १७११८ एस्टिक्स २ एस्टिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार सक्नेछन् ।

भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्‍याउने विश्वासका साथ अफर ल्याएको एनसेलले जनाएको छ ।