logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किशोरीलाई बलात्कार गरेको अभियोगमा कञ्चनपुरबाट एक पक्राउ


अंकुरण खबर
1.092K
Shares

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लालझाडी गाउँपालिका-३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।