कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।
प्रहरीका अनुसार, “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ । आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।