logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो भयो भ्रमण वर्ष २०२० लक्षित नागार्जुन नगरपालिको वाकाथुन कार्यक्रम(फोटो फिचर)


अंकुरण खबर
2.951K
Shares

नागार्जुन जाऔं,नेपाल भ्रमण वर्ष मनाऔं भन्ने नाराका साथ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नागार्जुन नगरपालिकाले वाकाथुन (पैदलयात्रा)को कार्यक्रम गरेको छ।
शनिबार विभिन्न जातजातीका झाकी,नाचगान सहित स्वयम्भू वुद्धपार्कबाट सुरु भएको पैदलयात्रा नगरपालिकाका विभिन्न धार्मिक,ऐतिहासिक,पर्यटकीय मनोरम स्थानहुँदै सेतो गुम्बामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रमको उद्घाटन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर,नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहोन बस्नेत लगाएतले गरेका थिए । कार्यक्रममा नगर प्रमुख मोहोन बस्नेतले नेपाल भ्रमण वर्ष २०२०मा नगर्जुन नगरपालिकामा भ्रमण गर्नुपर्ने स्थानहरु धेरै भएको बताए । नागार्जुन नगरपालिका पर्यटकीय क्षेत्रलाईनै विकास गरि संवृद्ध हुने नगरप्रमुख मोहन बस्नेत को भनाई थियो ।

कार्यक्रममा सङ्घीय सांसद जीवनराम श्रेष्ठले नागार्जुन नगरपालिका पर्यटनको राम्रो संभावना बोकेको भएकाले यहँकाको संवृद्धिको लागि पर्यटन क्षेत्रलाई नै प्रवद्र्धन गर्नु पर्ने बताए ।

पैदल यात्रामा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, प्रदेश तथा संघका सांसद, नागरिक समाजका अगुवा लगायतको हजारौको सहभागिता थियो ।