logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय ३ पुग्यो


अंकुरण खबर
780
Shares

चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन ।

चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण शनिवारसम्म ८ सय ५ जना पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन ।

यो संख्या सन् २००३ मा फैलिएको सार्सको महामारीमा मृत्यु हुनेको संख्या भन्दा बढी हो। सार्सका कारण सन् २००३ मा ७ सय ७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो।

वुहानमा गएको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका २ दर्जन भन्दा बढी मुलुकमा देखिएको छ।

कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले  कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।