काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ ।
शनिबार स्थगित भएको मनाङ मर्स्याङ्दी र न्युरोड टिम (एनआरटी) को खेल आज हुन लागेको हो । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने छ ।
खराब मैदानका कारण शनिबार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा स्थगित गरिएको थियो।
उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्ने पर्ने दबाब छ । यता, एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ ।
मनाङ १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंकसहित चौथो स्थानमा छ । यस्तै एनआरटी १० खेलबाट पाँच जित, दुई बराबरी र तीन हारको नतिजा निकाल्दै १५ अंक सहित छैठौं स्थानमा छ ।