logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वनभोज गएका एक युवक राप्ती नदीमा डुबेर बेपत्ता


अंकुरण खबर
1.157K
Shares

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।

कोहलपुर नगरपालिका-१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।  शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।