logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंका यी ठाँउमा आज बत्ती जाने


अंकुरण खबर
754
Shares

काठमाडौं – काठमाडौंमा आज फेरि दूई घण्टा बत्ती जाने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन दिउँसो १२ बजेदेखि २ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

यस फिडरअन्तर्गत् सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रमा बत्ती जाने भएको छ । निर्धारित समयअगावै काम सकिए २ बजेभन्दा अगाडि नै बत्ती आउने केन्द्रले जनाएको छ ।

नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तारका लागि रुख कटान गर्ने भएकाले बत्ती जाने भएको हो ।