logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाबाट लागूऔषधसहित एक पक्राउ


अंकुरण खबर
741
Shares

एपीएफ टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको दमक नगरपालिका-२ बस्ने २१ वर्षीय मुस्कान फुयाल छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले शनिबार पक्राउ गरेको हो ।

एपीएफ टोलीले निज फुयाललाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन ६० वटा, डाईजापाम ६० वटा र लुपिजेसिक ६० वटा फेला परेपछि पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका फुयाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।