logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको त्रासः माक्स नलाएर हिँडेको भन्दै प्रहरीद्वारा महिलामाथि दुर्व्यवहार (भिडियो सहित)


अंकुरण खबर
1.105K
Shares

चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइसका कारण अहिलेसम्म ८११ जनाले ज्यान गुमाएका छन्।

शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ।  रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन्।

कोरोना भाइरसका कारण चीनका मुख्य बजार सुनसान बनेका छन्। सबै व्यस्त हुने सडकमा फाटफुट मात्र केही व्यक्ति हिँडेको देख्न सकिन्छ। यसै क्रममा मास्क नलगाएर सडकमा हिँडिरहेकी एक महिलालाई पक्राउ गर्न चिनियाँ प्रहरीले उनीमाथि दुर्व्यवहार गरेको छ।

अहिले महिलालाई पक्राउ गर्नका लागि प्रहरीले गरेको उक्त दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हेर्नुहोस् भिडियो:

https://twitter.com/howroute/status/1226398023913279490