logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ज्ञानेन्द्रको अर्धशतकीय इनिङको मदतमा नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य


अंकुरण खबर
962
Shares

आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार त्रिवी क्र्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टिमले निर्धारित ५० ओभरमा ८ विकेटको क्षेतिमा २४९ रन बनाएको हो ।

ओपनर सुवास खकुरेल २२ रन बनाएर आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको स्कोर उकासेका थिए।

यसक्रममा पारस ३८ रनमा पेभेलियन फर्के भने कप्तान मल्लले ५६ रन जोडे । अनुभवी ब्याट्स्‌म्यान पेभेलियन फर्केपछि आरिफ शेख र कुशल मल्लले नेपालको पारी सम्हालेका थिए । आक्रामक ब्याटिङ गरिरहेका कुशल र आरिफ शेखले समान २८-२८ रन बनाए ।

विनोद भण्डारीले ४५ तथा करण केसीले १० रनको योगदान गरे । बलिङतर्फ ओमानका लागि अक्विब इल्यासले सर्वाधिक ४ विकेट लिए । मोहम्मद नदीमले ३ विकेट लिए ।

केहीबेरमा ओमानले जवाफी ब्याटिङ गर्दैछ ।