logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्ती नदीमा डुबेर बेपत्ता भएका शर्माको शव भेटियो (अपडेट)


अंकुरण खबर
1.404K
Shares

पौडी खेल्न राप्ती नदीमा पसेर बेपत्ता भएका बाँकेको कोहलपुर-१२ चप्परगौडीका शिव शर्माको शव फेला परेको छ ।

शनिबार राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज खान गएका बेला राप्ती नदीमा पौडी खेल्न पसेका शर्माको शव आइतबार भेटिएको हो ।

शनिबार वनभोजमा खानपिन पछि शर्मा पौडी खेल्न गएका थिए । पौडी खेल्न गएको केही समयपछि नै उनी बेपत्ता भएका थिए । शनिबार साँझसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गरेका थिए ।

आइतबार बिहानैदेखि फेरि खोजिको क्रममा बिहान १० बजेतिर शर्माको शव भेटिएको हो । पिकनिक खाएको स्थल नजिकै शर्माको शव भेटिएको प्रहरीले जनाएको छ । शर्माको शव पानीभित्र ढुंगाको खोचमा अड्किएको थियो।