logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठक पनि अवरुद्ध भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण आजको बैठक अवरुद्ध भएको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता  विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा दर्ता गराएपछि कांग्रेसले विरोध प्रदर्शन गर्दै आएको छ । बैठकमा सभामुख अग्नि सापकोटाले बैठक सञ्चालन गर्न आग्रह गरेपनि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए ।

बैठकमा काग्रेस सांसद दिलेन्द्र बडुले बोल्न समय माग्दा समय भने दिइएन् । कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि बैठक माघ २८ मंगलबार बस्नेगरि स्थगीत गरिएको छ ।