logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारी एम्बुलेन्सभित्र मरेको चित्तल भेटियो, चालक नियन्त्रणमा


अंकुरण खबर
1.222K
Shares

बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चित्तल फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएपछि आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले नियन्त्रणमा लिएको हो । डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा मरेको चित्तल फेला परेको प्रहरीले जनाएको छ ।

बिरामी पुर्‍याएर महेन्द्रनगरबाट फर्किने क्रममा गोकुलेश्वरमा चेकजाँच गर्दा एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएको थियो । प्रहरीले चालक महेश बोहरालाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।