logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप क्रिकेट लिग-२ : ओमानसँग नेपाल पराजित


अंकुरण खबर
728
Shares

काठमाडौं – विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भएको हो । नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।

यस अघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रन पराजित भएको थियो । ओमानको जितमा अकिब इलासले अविजित रहदै १ सय ९ रनको शतकीय इनिङ्स खेले । उनले १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।

यस्तै कप्तान जिशन मक्सुदले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । खवर अलीले ४१ रन जोड्दा जितेन्दर सिंहले २३ रन बनाए ।

नेपालका सुशन भारी र कुशल मल्लले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।