logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन


अंकुरण खबर
689
Shares

राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

नोबेल कोरोनाभाइरस फैलिएकोले चीनमा नेपालीहरू कैदीजस्तै कोठाभित्र बसिरहेको भन्दै आयोगले सरकारलाई तत्कालै उद्धार गर्न आइतबार निर्देशन दिएको हो।

आयोगका प्रवक्ता वेद भट्टराईका अनुसार आयोगको आकस्मिक बैठक बसेर चीनमा रहेका १८५ विद्यार्थीसहित अन्य नेपालीलाई उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो।

चीनमा रहेका नेपालीको अवस्था र स्वदेश फर्काउनेबारे सरकारले गरिरहेका कामबारे परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाएर जानकारी लिने निर्णय पनि भएको उनले जानकारी दिए।

संयुक्त राष्ट्रसंघले स्वास्थ्य संकटकाल घोषणा गरेपछि विश्वको धेरै देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लगेका छन्। नेपालले त्यहाँ रहेका नेपालीकाई फिर्ता ल्याउने तयारी गरेपनि अहिलेसम्म फिर्ता ल्याएको छैन्।