logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलालाई एकान्तमा बोलाएर यौन दुर्व्यवहार गर्न खोज्ने एक जना पक्राउ


अंकुरण खबर
1.612K
Shares

काठमाडौं – उपचारार्थ महिलामाथि यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका-६ बिष्णुमती मा रहेको ‘हाम्रो फेलोसिप पुन: स्थापना केन्द्र’ का सुरक्षा गार्डलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का २५ वर्षीय विशाल भनिने रमेश प्रसाद वाग्लेले उपचारार्थ महिलामाथि यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

वाग्लेले विभिन्न बहानामा ती महिलालाई एकान्तमा बोलाउने, अश्लिल हर्कत गर्ने, संवेदनशिल अंगहरु समाउनेलगायतका कार्यबाट दुख दिँदै आएको बताइएको छ ।

उनलाई नियन्त्रणमा लिइ करणी उद्योगको मुद्धामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।