logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्मला पन्तको हत्यारामा दिलिपसिंह विष्ट नै दोषी


अंकुरण खबर
806
Shares

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा दिलिपसिंह विष्टनै भएको कञ्चनपुर प्रहरीले बताएको छ ।

पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो ।

यद्दपी सो प्रतिवेदनबारे प्रहरी संगठनभित्रै असन्तुष्टि बढेपछि प्रहरी महानिरीक्षक सचिवालयले पुनरावलोकन गराउँदा ‘टर्चर’ दिएर गलत बयान दिन लगाएको र अनुसन्धानमा खुलेको विषय नै नसमेटेको खुलेपछि सचिवालयले प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बस्नेत नेतृत्वको समितिमा रहेका तत्कलीन एसपी उत्तमराज सुवेदी र गणेश रेग्मीको हस्ताक्षर बिना बस्न्यातले सो प्रतिवेदन बुझाएको थियो ।

यसैबीच पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई आईतबार निर्देशन दिएको छ ।

भीमदत नगरपालिका २ स्थित निर्मला पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो ।