logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारका पूर्व सचिव कार्कीकी श्रीमती र कामदारको हत्या


अंकुरण खबर
780
Shares

काठमाडौं – सरकारका पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्या भएको छ ।

उनको घरमा काम गर्ने कामदार पनि मृत अवस्थामा भेटिएका छन् । दुवैजनाको शव ललितपुरको सानेपास्थित निवासमा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान पशुपति दर्शन गरेर फर्किने क्रममा कार्कीले मृत अवस्थामा दुवैलाई देखेका थिए । प्रहरी स्रोतका अनुसार कार्कीकी श्रीमतीको हत्या भएको आशंका छ । कामदारले नै कुनै कुरामा चित्त नबुझेर हत्या गरेको र पछि आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

मृत भेटिएका कामदार विजय चौधरी दाङका हुन् । कार्कीकी श्रीमतीको शरीरमा रगत लतपतिएको अवस्थामा फेला परेको जनाइएको छ ।

घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ ।