logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेस्तोल र छर्रासहित एक जना पक्राउ


अंकुरण खबर
1.222K
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडबाट पेस्तोल १ थान र छर्रा सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–७ धामीगाउँ घर भएका २६ वर्षीय लोकेन्द्र सिंह धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल तथा छर्रा सहित फेला पारेको हो । साथै उनको साथबाट मोबाइल २ थान, विभिन्न दस्तावेज र आर्थिक सहयोग रसिद समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।