logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिराहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


अंकुरण खबर
741
Shares

सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको ज्यान गएको छ।

सिराहा-चोहर्वा सडकखण्डको नरहा गाउँपालिका–५, मा बसको ठक्करबाट लु१६प ४४४१ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डलको ज्यान गएको हो।

ठक्करबाट घाइते दुवैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।