पोखरा रंगशाला नजिकै सेतीनदी खोँचमा खसेको एक युवकको सकुशल उद्धार गरिएको छ ।
रंगशालाको कबर्डहल नजिकै सेतीको खोँचमा खसेका २३ वर्षका आकास गुरुङको नेपाल प्रहरीको उद्धार टोलीले लट्ठाको मदतले खोचमा पसेर निकालेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भई हाल सोही स्थान बस्ने गुरुङ खोँचमा खसेका हुन् ।
खोँचमा खसेका गुरङलाई स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उद्धार गरिएका गुरुङको अवस्था समान्य छ ।