काठमाडौं – नेपाल प्रहरीका आईजिपी सर्वेन्द्र खनाल उमेरहदका कारण आजबाट बिदा हुँदैछन् ।
आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको छ। नयाँ आईजिपीमा डीआईजी ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल मध्ये एकजना नियुक्त हुने बताइएको छ।
३० बर्षे सेवा अवधिका कारण आजबाट आईजिपी खनालसँगै डीआईजी राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेश विक्रम शाह, कमल जिटी, महेशविक्रम शाह, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी लगायतले अवकाश पाउदैछन्।