logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो मन्त्रिपरिषदको बैठक, आईजीपी नियुक्ति भएन


अंकुरण खबर
2.795K
Shares

काठमाडौं – सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेको छैन्।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् ।

स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ । खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।