logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङबाट लागूऔषध गाँजासहित एक महिला पक्राउ


अंकुरण खबर
1.144K
Shares

मोरङ प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार मोरङको बुढीगंगा गाउँपालिका-५ की ४० वर्षीया रमिना माझी पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले माझीको साथबाट अन्दाजी एक केजी र स-साना प्लास्टिकमा पोका बनाएर राखेको अवस्थामा २८ पोका  गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीको माझीको घरमा पुगेको थियो । घरबाटै प्रहरीले माझीको साथबाट उक्त गाँजा बरामद गरेको हो।

माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।