काठमाडौं – ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको ललितपुर प्रहरी परिसरका एक अनुसन्धान अधिकृतले जनाएका छन् ।
मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विजय चौधरी पनि मृत भेटिएका छन् । प्रारम्भिक अनुसन्धानबाट मुनालाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ ।
अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्याएको पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।