नेप्से आज ४.२८ अंकले बढेर परिसूचक १३२४.२६ बिन्दुमा रोकिएको छ । १ सय ७५ कम्पनीको २३ लाख ६० हजार ५ सय ८४ कित्ता सेयर ९३ करोड २० लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ ०.७९, होटल १०.७८, डेभलपमेन्ट बैंक ५.९६, निर्जीबन बीमा कम्पनी ७२.४१, उत्पादन तथा प्रशोधन २५.५, माइक्रोफाइनान्स समूहको उपसूचक २९.८ अंकले बढेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको १३ करोड ६६ लाख २ हजार ४६३ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा नागरिक लगानी कोष र एनआईसी एसिया बैंक रहेका छन् ।
सिभिल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, रैराङ हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स, खानिखोला हाईड्रोपावर, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।