logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराबाट घुससहित वडा सदस्य र इञ्जिनियर पक्राउ


अंकुरण खबर
1.222K
Shares

भानु नगरपालिकाका इञ्जिनियर सुकदेव अधिकारी र वडा नम्बर १३ का सदस्य कृष्णबहादुर अधिकारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई सोमबार ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

वडा सदस्य अधिकारीमार्फत इञ्जिनियर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिसरकार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा दुवै जनालाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।