काठमाडौं – आज अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने यूके पाण्डको मूल्य बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ २४ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ८८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर