काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।
मंगलबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर ७५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन तोलामा ७६ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको छ ।