logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा एक वृद्धको हत्या


अंकुरण खबर
1.001K
Shares

दुर्गाभगवती गाउँपालिका–३ पर्सा गाउँका एक वृद्धको हत्या भएको छ । गएराती ७० वर्षीय फेकन पण्डितको हत्या भएको हो ।

पण्डित राति खाना खाएर घरबाट एक किलोमिटर टाढा गोठमा सुत्न गएका थिए । बिहान परिवारका सदस्य पुग्दा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ । हत्या गर्ने समूहको खोजी भइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।