logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सदनको अवरोध अन्त्य गर्ने कांग्रेसको निर्णय


अंकुरण खबर
884
Shares

काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको अवरोध अन्त्य गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सदनको अवरोध अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा आफ्नो कुरा व्यक्त गरेर अवरोध हटाउने निर्णय कांग्रेस संसदीय दलले गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई कुनै मुद्दा नभई कांग्रेसका नेतालाई मात्र मुद्दा चलाएको विरोधमा कांग्रेसले गएको बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारमाथि मुद्दा पछि विरोधमा कांग्रेसले बुधबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरेको थियो । संसदमा गच्छदारलाई मुद्दा चलाएको विरोध गरेको कांग्रेसले बाहिर सडकमा समेत अख्तियार पूर्वाग्रही बनेको भन्दै आन्दोलन गर्दै आएको छ ।