logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्साको पोल्टी फार्ममा आगलागी, १२ लाख मूल्य बराबरको क्षति


अंकुरण खबर
598
Shares

पर्सामा एक पोल्टीफर्ममा आगलागी हुँदा १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

विन्दबासिनी गाउँपालिका–४ मधुवलस्थित सचिन पोल्टी फर्ममा सोमबार साँझ आगलागी भएको हो ।

स्थानीय लालझडी देवीले सञ्चालन गरेको पोल्टी फर्ममा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार आगलागी हुँदा पोल्टी फार्ममा राखिएको ग्यास सिलिण्डर ३ थान, दाना खाने फिडर सानो ४० थान, ठूलो ४० थान, कुखुराले पानी खाने भाँडो सानो ३० थान, ठूलो ३० थान, १ दिने चल्ला १२ सय, २५ दिने कुखुरा ९ सय, दाना २० बोरा १० क्विन्टल , सिलिङ पङ्खा १८ वटा र १ वटा मिटर बक्स पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

प्रहरी चौकी अमरपटी पर्सा, दमकल र स्थानीयको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।