logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन् ।

मंगलबार बिहान सार्वजनिक परिणाममा लोकतान्त्रिक समूहबाट चुनाव लडेका डा. कार्की ४ हजार १ सय ११ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका डा. पुष्पमणि खरालले १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।

१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा अनिलविक्रम कार्की र महासचिवमा भने बद्री रिजाल निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा प्रकाश बुढाथोकी, सहसचिवमा निरजकुमार सिंह, सहकोषाध्यक्षमा विश्वाराज दवाडी निर्वाचित भए । सदस्यमा विपेश आचार्य, लिजन महर्जन, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जीव तिवारी निर्वाचित भएका छन् ।

संघको कार्यसमितिमा एक जना सदस्य बाहेक सबै लोकतान्त्रिक समूहवाट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।