logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईसीसी विश्वकप क्रिकेट लिग-२ : ओमानले दियो अमेरिकालाई २७७ रनको लक्ष्य


अंकुरण खबर
819
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानले अमेरिकालाई  २ सय ७७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनायो ।

ओमानको लागी कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय शतक समेत हो ।

यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

सिरिज अन्तर्गत ओमानले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । लिगमा ओमान ९ खेलमा ७ जित सहित १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

अमेरिका १० खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।