logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट ल्याइएका व्यक्तिहरुलाई भक्तपुर खरिपाटीमा नराख्न सदन देखि सडक सम्म बिरोध


अंकुरण खबर
988
Shares

सरकारले चीनमा फसेका नागरिकलाई फिर्ता नल्याएको भन्दै सर्बत्र आलोचना भइरहेका बेला चीनबाट ल्याइएका व्यक्तिहरुलाई भक्तपुर खरिपाटीमा नराख्न सदन देखि सडक सम्म बिरोध भएको छ ।

सरकारले भक्तपुरको खरिपाटीमा चीनबाट उद्धार गरेर ल्याइएका व्यक्तिलाई आइसोलेसनमा राख्ने तयारी गरे पनि उक्त ठाँउमा नराख्न त्यसै क्षेत्रका सांसद प्रेम सुवालले संसदमा विरोध जनाएका छन् ।

संसदमा उनले भने, ‘घना बस्तीको बिचमा कोरोना प्रभावितलाई राख्ने प्रयास हुँदैछ । त्यसमा स्थानीय जनताको विरोध छ । अन्यत्र ठाउँमा नै सार्न माग गर्दछु ।’

यस्तै चाँगुनारायण नगरपालिकाले खरिपाटी तालिम केन्द्रमा चीनबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई राख्ने निर्णय फिर्ता लिन दबाब दिइरहेको छ ।

शुक्रबार बसेको पालिकाको छैठौँ नगरसभाले पनि ४ बुँदे सुझाव सहित क्वारेन्टाइन केन्द्र भक्तपुरमा बनाउने निर्णय फिर्ता लिन अनुरोध गरेको छ । यसका बिच नगरपालिकाका स्थानीयहरुचीनबाट ल्याइएकाहरुलाई खरिपाटीमा नराख्न भन्दै सडको नारा बाजि गर्दै बिरोधमा उत्रिएका छन् ।

उक्त ठाँउमा चिनबाट फिर्ता ल्याइएका व्यक्तिलाई राख्ने निर्णय भएसँगै मंगलबार बिहान प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयका अधिकारीले निरीक्षण गरेका थिए ।