काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो कार्यकाल उत्कृष्ट भएको दाबी गरेका छन ।
महानिरीक्षक खनालले आफ्नो कार्यकालमा प्रहरीकै शिर उच्च पार्न बाहेक कुनै सम्झौता नगरेको चर्चा गरेका छन् । कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी सबैले इमानदारीताका साथ काम गर्नुपर्ने र आफुले समेत गरेको उनले जिकिर गरे ।
संगठनको सुधार एवं आन्तरिक सुदृढीकरणमा आफू सदैव लागि परेको चर्चा गर्दै उनले प्रहरी अधिकृत तथा जवानहरुको मनोबल उच्च बनाउन अनवरत खटिएको जिकिर समेत गरे । अवकाश पाउने दिनमा नै नवनिर्मित अडिटोरियमको प्रहरी प्रधान कार्यालयमा उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् ।
बिदामा बस्नुपर्ने एक महिनाकोबीचमा खनालले ५० भन्दा बढी प्रहरी संरचनाको उद्घाटन र शिलान्यास गर्न भ्याएका छन् । आईजीपी खनाल सहित ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु आजबाट एकैपटक अवकास प्राप्त गर्नेछन ।
नेपाल प्रहरीका यी उच्च अधिकृतहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक समारोह आयोजना गरिएको छ ।