logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से बढ्यो


अंकुरण खबर
1.365K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन आज दोहोरो अंकको सुधार आएको छ।

आज नेप्से १७ दशमलव अंकले बढेर १ हजार ३ सय ४१ दशमलब ३८ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० भएको छ ।

आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार १५ करोड २ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनआइसी एशिया बैंक रहेको छ । जसको कारोबार ११ करोड २३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने व्यापार मूलक समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । निर्जीवन बीमा समूह, विकास बैंक र म्युचल फण्ड समूहको सूचकमा एक प्रतिशतभनदा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ ।

आज धेरै फाइदा खानेमा कालीका पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी दश प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा युनियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । बैंक पाँच दशमलब ०४ प्रतिशतले घाटामा गएको छ ।