logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिका ओमानसँग ९२ रनले पराजित


अंकुरण खबर
1.521K
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा ओमानले शतप्रतिशत नतिजा निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार अमेरिकालाई ९२ रनले हराउँदै ओमान ४ खेलमा ४ जित निकाल्दै सिरिजमा अपराजित रहेको हो ।

ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

अमेरिकाका लागि निसर्ग पटेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै आरोन जोन्सले ४७ र इयान होल्याण्डले २८,जेभियर मार्शलले २३ र रुस्टी थेरनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

अमेरिकालाई सस्तैमा समेट्न ओमानका बिलाल खान र अकिब अयासले समान ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो।