logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं आइजीपी


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – नेपाल प्रहरीको २७ औं प्रहरी महानिरिक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गर्ने सहमति गरे सँगै ज्ञवालीले पदभार ग्रहण गरेका हुन् । उनले ३ महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

यस अघि प्रदेश १ का डीआईजी रुपमा कार्यरत ठाकुर ज्ञवाली डिआईजीबाट बढुवा भएर आईजीपीको पदभार सम्हालेका हुन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपीको टुंगो नलागेपछि प्रधानमन्त्री केपी शर्माओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए ।

उक्त निर्देशन अनुसार मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको हो ।

आईजीपी सर्वेन्द्र खनालको मंगलबारबाट अवकास भएसँगै ज्ञवाली २७ औं नयाँ आईजीपी बनेका हुन् । आईजीपी खनाल , ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गरेका छन् ।

नेपाल प्रहरीका यी उच्च अधिकृतहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक समारोह आयोजना गरिएको छ ।