logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली, वर्षा र हिमपात नहुने


अंकुरण खबर
5.083K
Shares

काठमाडौं – देशका अधिकांश क्षेत्रको मौसम आज पनि दिनभर आंशिक बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको भएपनि वर्षा तथा हिमपातको सम्भावना नरहेको महाशाखाले जानकारी दिएको हो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी मौसम आंशिक बदली हुनेछ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

तत्काल वर्षा तथा हिमपात हुने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।