काठमाडौं – बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ८३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ७७ पैसा छ।